दिपेन्द्रको सानदार व्याटिङमा इलाम सिनियर ५ विकेटले विजयी


इलाम, १४ साउनः इलामको ठूलो टुँडिखेलमा शनिबार भएको खेल इलाम सिनियर टीम विजयी भएको छ । जुनियर टिमका कप्तान प्रज्वल खत्रीले टस जितर पहिले व्याटीङ रोजेका थिए । 
जुनियर टीमलाई पहिले व्याटीङ गर्ने  निर्णय त्यति राम्रो भएन १८.२ ओभरमा सवै विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सकेको थियो जसमा कप्तानले ४८ रन र पवन सुवेदीले २३ रन वाहेक अन्यले राम्रो व्याटीङ गर्न सकेनन । सिनियर टीमको वलिङ तर्फ सुनिल मगर र सन्दिप तामाङले समान ३÷३ विकेट निकालेका थिए । 
१३६ रनको लक्ष्य पाएको महेश राईको कप्तानीमा रहेको इलाम सिनियर टीमले १४.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको हो । सिनियर टीमका दिपेन्द्र मगरको तुफानी पारीका अगडी जुनियर टिमका वलरहरु फिका भएका थिए । दिपेन्द्रले १७ बलको सामना गर्दै ७ छक्का र २ चौका प्रहार गर्दै ५१ रनमा प्रज्वल खत्रीको बलमा आउट भएका थिए । त्यस्तै अरव वहादुर राईले १६ रन बनाएका थिए । 
जुनियर टीमको वलिङ एकदमै खराव प्रदर्शन गरेको थियो । जुनियर टिमका वलरहरुले १५ रन वाइड बल फालेका थिए  भने जम्मा एस्ट्रारन २३ रन दिएका थिए जसको कारण सिनियर टीमलाई जित निकालन सहज भएको थियो । खेलमा प्रज्वल खत्रीले ३ विकेट र सुनिल राईले २ विकेट निकालेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment