- दिपेन दुलाल
सुरुका पृष्ठभुमिमा अत्यान्तै राम्रो भुमिका लेखिएको रहेछ । जहा प्रेम नै प्रेमले भरिको छ, जहा जिन्दगिका गोरेटाहरुमा प्रेम रुपि पुष्पगुच्छा हरु छरिएको छ । खुसि नै खुसि भरिएकोछ, अथा मायाका हरफहरुले सजिएको छ । स्पर्शका कुरा समेटिएको छ । प्रेम सम्बन्धमा पर्ने अभिनयको बिसय समेटिएको छ । गुलाबी ओठहरुको चुम्बनले दुबैको मुहारमा मुस्कान भरिको देखिएको छ । रोदन, पिडा दुखका पलहरुमा पनि एकअर्काको मुस्कान र स्नेह नै मलम बनेको कुरा प्रस्ट समाबेस गर्न छुटाइएको छैन । मुना मदनको जस्तो सत्य साचो र अमर प्रेमले भरिएको कथाले प्रेम नै जिवन हो भन्ने विषयका कुरा समेटिएको पाइन्छ । उत्साह उमगं र आनन्द साचो सत्य र निश्चल प्रेममा मात्रै हुन्छ भन्ने कुरालाइ प्रस्ट लेखिएको पाइन्छ ।
जति पढौ पढौ लाग्ने पृष्ठभुमि रहेछ । जस्ले प्रेमलाइ बुझ्छ, उस्ले मात्रै जिवनलाइ बुज्छ भन्ने कुरा प्रस्टाउन खोजिएको रहेछ । कथाका पात्रहरुको अमर र सत्य प्रेम राधा कृष्ण, सिता र रामको जस्तो देखिन्छ प्रेम भित्रैको मोज मस्ति अर्को दुनियाँमा छैन भन्ने कुरा प्रस्ट नै छ । कथाको मध्य भागबाट शब्द कोश लेखन
शैलीमा परिबर्तन गरिएको रहेछ । परिबर्तन भएको मन भेटियो, बाच्चा कसम तोडेको पाइयो, कतै आधि तुफान आएको छ त कतै असिना बर्सिएको झै छ । मिलन पछि बोछोडका कुरा लेखिएको भेटिन थाल्यो ।
कथाले अर्कै रुपलिन थाल्यो, एकले अर्कालाइ दोसारोपण गर्दा गर्दै प्रेमको दुरि पनि पुर्बको घाम र पश्चिमको जुन जस्तो उत्तरको हिमाल र दक्षीणको तराइ जस्तो हुदै गएको,मिलन पछि बोछोड्का प्रसङ्ग थुप्रै भेटिन थाल्यो । तनाब चिन्ता र पिर ब्यथाहरुले बनेको जिन्दगिको कहानि सुरु हुन्छ । कुनै पृष्टमा यति धेरै प्रस्न गरेको भेटियो । प्रस्न्नको उतर प्रेमि प्रेमिका भित्रै थियो ।
अब प्रेम जोडि बिच स–साना कुराले कल झगडा सुरु हुन्छ । यो दोस पैसा र समय लाइ चिन्न नसक्नुको हो भन्ने खुलसा हुन्छ । घमण्ड र मुर्खताको हो भन्ने विषय लेख्न छुटाइएको छैन । हासो रोक्न नसक्दा आशु झर्छ फुल मलजल नगर्दा ओइलेर जान्छ। पैसा समय,र जवानीलाइ बुज्न नस्क्दा जिन्दगी महलबाट झुपडिमा पुग्छ । करोड पति सडक पति हुन्छ ।
खुसि चिन्न नस्क्दा आशुको बर्षाहुन्छ, भन्ने कुरा कतै भेटाए समय र पैसा लाइ चिन्न नसक्दाको परिणाम के हो प्रस्ट छ । शंका र उपशंकाले के सम्म गर्छ बन्ने विषयले मन छोयो । एक पट्क सानो गल्तीलाइ एक आपसमा नबुज्नाले दुबै प्रेमि प्रेमिकाको जिवन तहस नहस भएको पाइयो । दुबैको सुन्दर रुपि प्रेम धुलोमा मिल्यो सम्बन्ध सखाप भयो । दुबैको यात्रा अलग अलग भयो, तर सम्बन्ध छुटे पनि प्रेमको खिल मुटुमा रहिरहयो यसैले दुबै पागलसरी भएको प्रसङ्गले मेरा आखा रसाए, बिछोडमा बाच्न अत्यन्तै गाह्रो रहेछ भन्ने कुराको निचोडमा दुबै पुगेपछि फेरि एकदिन एकापसमा भेटेर आ–आफ्ना गल्ती र कमिकम्जोरलाई स्विकार्गर्दै फेरि पनि मिलन बछिको बिछोड,र बिछोड पछिको मिलनमा सम्झौता भयो ।
दुबै अंकमाल गर्दै रुन थाले मेरो पनि सिरानीआशुले भिजिसकेको रहेछ, अन्त्यमा दुबै जना एकर्काको परिपुरक भएर दुख सुखमा हातमा हात राखेर सफल्ताको सिखरमा पुगी शुखी र आन्दित जिवन जिरहेको र नयाँ युग को उदाहरण दिएको प्रसङ्गले प्रेम नै जिवन हो भन्ने बुजाउँछ । आशु पुस्दै पढिरहेको थिए समाप्त लेखेको ठाँउमा पुगेछु ।
सबैमा धन्यवाद अर्को कथामा भेटौला ।
लेखकः गितकार दिपेन दुलाल
सबैमा धन्यवाद अर्को कथामा भेटौला ।
लेखकः गितकार दिपेन दुलाल
0 comments:
Post a Comment