तराईको गर्मी छल्ने ठाउँ बन्दै इलाम रोङको पहाडको फेदी

  • गोबिन्द पौडेल

रोङ,  ९ साउनः तराईमा अत्याधिक गर्मीहुदा अनि फुर्सदमा साथिसगिहरुसगको मनोरन्जनको सस्तो र छिटो गन्तब्व बन्दै गएको छ खलिपे निन्दा खोला ।
रोङ गाउँपालिका वडा न ६ मा  अवस्थित र झापा मेचिनगर पालिकाको करिव ५ सय मिटर नजिकमा रहेको निन्दा खलिपेमा खोलाको छोटो छहरा खेल्दै चिसो पानिमा डुबुल्की लगाउन अनि शुरम्य बाटीकामा डुल्दै झोलुङ्गे पुलमा हल्लिन अहिले सयौको सख्यामा मानिसहरु आउन थालेको कारण स्थानीय क्षेत्रहरुको कारोवार पनि बढेको  छ ।
काकरभिट्टाबाट करिव ११ किलोमिटर उत्तरमा पर्ने र सडक पुर्वाधारको रामै बिकाश भएको उक्त स्थानमा खास दिनबारमा हैन तराईतिर खुल्ला मौसम र गर्मी हुनसाथ हुलका हुल मानिसहरु आउने गरेका छन् । त्यहा आउने मानिसहरुमा करिव ६० प्रतिसत नेपाली र ४० प्रतिसत भारतियहरु रहने गरेको उनिहरुले यात्रा गरेको सवारी साधनबाट पनि स्पस्ट हुन्छ । उक्त स्थान भारतबाट पनि नजिकमा रहेको छ ।


तराईको अन्तिम भाग पहाडको दक्षिण माथितिर अजगको झण्डी र काउले डाडा बिचमा अनाकणटर खोच र जगल अनि नजिकै सुन्दर वाटिकामा चिसो हावापानी,अनि थोरै खर्चले समेत पुग्ने उत्तम गनतब्य भएको कारण आफुहरु फुर्सदको समयमा  यहा आउने  गरेको काँकरभिट्टाबाट आएकी सर्मिला राउतले बताईन ।
बिगतका बर्षहरुवाट सिजनल पर्यटकहरु धेरै आउने र उनिहरुलाई लामो समय भुल्लाउन सक्दा यहाको कारोवार बढ्न सक्ने भएकोले यस क्षेत्रको ब्यवस्थापन मा आफुहरुको ध्यान गएको रोङ ६ का वडाध्यक्ष सत्यम राई चौरासेले बताए ।
यहा आउने पर्यटकहरुका लागि पार्किङ,शौचालय ,बगैचा जस्ता पूवाधारहरुमा गाउपालिका लागिसकेको छ चौरासेले बताए ।यहा आउने पर्यटकहरु केन्द्रित गरेर खलिपेमा केहि रिसोट र खाजाघरहरु रहेका छन् नजिकै निन्दामा पनि केहि खाजाघर रहेको र पर्यटकहरु आउदा राम्रै कारोवार हुने गरेको स्थानिय ब्यवसायि राम मोक्तानले बताए ।
यहाँ आउने पर्यटकहरु केहिमात्रामा सलकपुर, झण्डिडाडा सम्म आउने गरेका छन् भने केही जिर्मले हुदै मनकामना मन्दिर सम्म आईपुग्ने गरेका छन् । रोङ गाउपालिका वडा न ६ ले जौवारीमा रहेको मनोकामना मन्दपरको पूर्वाधार बिकाश गरेसगै आगन्तुकहरुको गन्तब्य बनेको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment