पोर्चुगलको सपना देखाएर ३९ लाख ठग्ने इलामका उमेश पक्राउ


झापा, ३१ साउनः  वैदेशिक रोजगारीमा पोर्चुगलको सपना देखाएर पीडितलाई ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको रोङ गाउँपालिका- ६ स्थायी घर भई काठमाडौँको सिनामंगल बस्ने ३१ वर्षीय उमेश सेती सुरुवाल रहेका छन् ।
उनले सुरज श्रेष्ठ समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिने भन्दै ३९ लाख ठगेको प्रहरीले जनाएको छ । उनले प्रतिव्यक्ति तेह्र लाख रुपैयाँ लाग्ने र पोर्चुगल पुगेपछि कृषि कम्पनीमा १ लाख तलब आउने काममा लगाइदिने प्रलोभन दिँदै पीडितहरूलाई पटक पटक गरी ३९ लाख रुपैयाँ उठाएर भागेका थिए ।
पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभियुक्तलाई बौद्धबाट पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
टाइम्स अफ प्रदेशबाट साभार


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment