दोलखाको बैतेश्वरमा बस दुर्घटना हुँदा २२ जना घाइते, दुईको अवस्था गम्भीर

२६ श्रावण २०८०, शुक्रबार


दोलखा । दोलखाको जोरमानेबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ५४२९ नम्बरको बस दुर्घटना भएको छ । जोरमानेबाट बिहान करिब ९ बजे काठमाडौंका लागि छुटेको बस बैतेश्वर गाउँपालिकाको गोपी खोलामा दुर्घटना भएको हो ।
बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई थप उपचार को लागि काठमाडौं लगिएको छ।


तीव्र गतिको कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय दोलखा का सुचना अधिकृत प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए । उनका अनुसार अन्य घाइतेहरुको अवस्था भने सामान्य रहेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment