१९ श्रावण २०८०, शुक्रबार
केही समय अघि भारतले विदेशी मुलुकमा चामल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरे लगत्तैै नेपाली बजारमा चामलको मूल्य प्रतिबोरामै ३ सयदेखि ५ सय रुपैयाँसम्म वद्धि भएको छ । भारतले चामल निर्यातमा रोक लगाउछ भन्ने हल्लाकै बिच नेपालमा कालो बजारी मौलायो ।
चामलमा कालो बजारीले सर्वसाधारण मारमा
– कृषि विभागका अनुसार नेपालमा वार्षिक धान उत्पादन सरदरमा ५५ लाख मेट्रिक रहेको छ ।
– नेपालमा वार्षिक ६६ लाख मेट्रिक धान खपत हुन्छ ।
यो तथ्यांकलाई आधार मान्दा पनि भारतले चामल निर्यातमा रोक लगाउने बित्तिकै नेपालमा मूल्य वृद्धी भइहाल्ने अवस्था नरहेको विज्ञहरु बताउँछन् । तर सरकारले महंगी नियन्त्रण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा व्यापारीहरुले मनलाग्दी रुपमा चामलको मूल्य वृद्धी गरेका छन् ।
‘चामलको अभाव छैन, तर कालोबजारी छ’
– हाल नेपालमा व्यापारीसँग साढे २ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको छ ।
– खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग १ लाख ८६ हजार ९ सय २७ मेट्रिक टन धान तथा चामल छ ।
– सरकारी कम्पनी र निजी क्षेत्रसँग गरी ३ महिनालाई पुग्ने खाद्यान्न छ । तर, भारतले चामल निर्यातमा रोक लगाएको छ भन्दै अभाव देखाइएको छ । कालो बजारीले जनतालाई सास्ती छ ।
यसरी सरकार उपभोक्ता प्रति जिम्मेवार नहुँदा वीचालिया र कालो बजारी गर्नेहरुको रजगज चलेको छ ।
चामलको मुल्य वृद्धिले आर्थिक स्थिति मजबुत भएका धनि वर्गका लागि त्यति धेरै प्रभाव नपरेपनि मध्यम वर्ग, मजदुर तथा गरिब परिवारलाई निक्कै सकस पर्ने कृषिविज्ञ डा.प्रेम दंगाल बताउँछन् ।
नियामक निकाय किन माैन ?
बजारमा चामलको मूल्य यसरी मनपरी बढाइएको भए पनि नियामक निकाय झारा टार्ने शैलीको जवाफ दिइरहेको छ । महंगी नियन्त्रणका लागि व्यापारीहरुलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको बताउँछ नियामक निकाय । चामलको मूल्यमा कालोबजारी भएको गुनासो सर्वसाधारणबाट आएपछि सरकारले बजार अनुगमन सुरु गरेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बताउँछ ।
केही साता अघि मात्रै भारत सरकारले वैदेशिक व्यापार नीति २०२३ अनुसार चामल निर्यातमा रोक लगाएको थियो । यो वर्ष भारतमा चामलको उत्पादन कम हुने आकलनसहित मूल्य वृद्धि रोक्न निर्यातमा रोक लगाएको हो । नेपालमा ठूलो परिमाणमा भारतीय जिरा मसिनो र मोटा चामल भित्रिने गरेको छ । यसको तुलनामा बासमती, ब्राउन राइस लगायतका चामल कम मात्रामा भित्रिदै आएको छ । नेपाल अहिलेको अवस्थामा खाद्यान्नमा भारत उन्मुख हुँदै गएको देखिन्छ । यसले मुलुकमा खाद्यान्नको समस्यालाई दिर्घकालिन रुपमै समाधान गर्न सरकारले आन्तरिक उत्पादनमा जोड दिन आवश्यक देखिन्छ ।
- गणेशमान बसेल

न्युज२४ नेपालबाट साभार गरिएकाे
0 comments:
Post a Comment