१७ वर्षीया किशोरीलाई रिसोर्टमा लगेर बलात्कार गरेको आरोपमा इलामका सूर्य पक्राउ

मङ्गलबार, भदौ १२


काठमाण्डौं ।  १७ वर्षीया किशोरीलाई रिसोर्टमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बलात्कारको अभियोगमा काठमाडौं नरेफाट बस्ने इलामको इलाम नगरपालिका–९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका–९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो बलात्कार गरेको भन्ने उजुरी परेको थियो।
सोही उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. बजा बाहुन बजा तिमिले जे गरेनी तिम्रै हो

    ReplyDelete