ओरालो लागाे उत्पादन, उक्लियो मुल्य

  • गोबिन्द पौडेल 

रोङ, २३ साउनः सिजन शुरु हुन लाग्दा अँलैंची को मुल्य उकालो लागेपनि यो बर्ष उत्पादन भने घटेको छ । खोल्छाको कालो सुन उपमा पाएको अँलैची इलामे भुमिमा रोगले सखाप भएर मासिएको भएपनि किसानहरुले नया ठाउँहरुमा नया जात र नया तरिकाले रोपेपछि केहिबर्ष यता उत्पादन बढेको थियो तर नया ठाउमा पनि पुरानै रोगले सताएपछि फेरि मासिने अवस्थामा पुगेको छ ।
बिगतका बर्षहरुमा किसानले सिमसार खोल्छापाखाभित्ता र जगलमा लगाएको रामसाई, गोलसाई, डम्वरसाई चिबे जातको अलैंची  लगाउने र मनग्गे उत्पादन हुने गरेकोमा उक्त ठाउहरुमा मासिएपछि बारीका गराहरुमा भारलाङ्गे र जिर्मले (हरियो साई) जातका अलैंची  रोपेर उत्पादन लिन थालेको भएपनि अहिले  पुरानै  रोगको कारण बगानै सखाप भएको किसानहरुको भनाई रहेको छ ।
गतबर्ष उत्पादनको यो  सिजनमा करिव तीस हजारमा रहेको अलैची यो बर्ष सिजन सुरुकै बेला साठिहजार भन्दा बढिमा बिक्रि हुन थालेको छ । गतबर्ष करिव २५ मन सुख्खा अलैंची  उत्पादन गरेका रोङ ६ का किसान उमेश प्रधान यो बर्ष दुई तिन मन पनि नहुने बताउछन् ।यसैगरि सूर्योदय ६ फाजिगाउँका राजेन्द्र सापकोटा भन्छन् गत बर्ष ११ मन भएको थियो यसपाल त बगानमा जान नै अल्छि लाग्दो छ । 
पहाडि भुभागमा मात्रै हुने अलैचि अहिले कछाड र तातो हावापानिमा सुपारी खेति सगै हुन थालेको छ यसको कारण न कतैवाट खोजियो न त रोगको पहिचान र निदान नै भयो किसानहरुको गुनासो रहेको छ । बिगतमा आठमन सम्म सुख्खा अलैच उत्पादन गरेको रोङ ६ का गणेश राई भन्छन् मैले त अस्तिनै अमलिसो पो रोपिसके के टिप्नु ?
अलैंचीमा छिर्के ,फुर्के रोग पहिला देखीनै रहेपनि बिगत केहि बर्षयता सरलक्क बोट मरेर जाने रोग सक्रामक भएर आएको थियो । शुरुमा नेपालको  पाच जिल्लामा मात्रै उत्पादन हुने अलैंची  खेती अहिले चालिस भन्दा बढि जिल्लामा फैलिसकेको र नेपालबाट सबैभन्दा बढि बिदेशी मुद्रा भित्राउने कृषि उपज हो सरकारी निकायबाट उचित अनुसन्धान र रोगको निदान नखोजिएमा तथ्याङ्क ऐतिहासिक मात्रै बन्ने निश्चित रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment