सूर्योदयमा श्रीमती हत्या गरि फरार रहेका पूर्णबहादुर प्रहरी नियन्त्रणमा


इलाम, २५ साउनः  श्रीमतीको हत्या गरि फरार रहेका पूर्ण बहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ । इलाम सूर्योदय नगरपालिका २, सयपत्री टोलमा सोमबार राती श्रीमतीको हत्या गरी फरार रहेका तामाङलाई सोही वडाको लालिखर्कबाट नियन्त्रणमा लिइएको हो । 

पक्राउ परेका तामाङलाईहाल इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जवेगुले बताउनुभयो । 
इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरिक्षकसन्तोष राईको कमाण्डमा खटिएको टोलीले तामाङलाइ नियन्त्रणमा लिइएको हो ।  
भारततर्फ भाग्न लागेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक राईले बताए । । गंगलमा लुकिछिपी बसेको अवस्थामा उनलाई फेला पारिएको थियो ।  
पाँचथर, हिलिहाङ गाउँपालिका ७ तम्फुवा घर भई हाल सूर्योदय नगरपालिका २ सयपत्री टोलमा कोठा भाडा गरी बस्ने बर्ष ५० वर्षका तामाङले सामान्य विवाद पछि घरेलु हतियार ९बामफोक० प्रहार गरी निजको ४५ वर्षिय की डम्बर कुमारी तामाङको हत्या गरेको बताइएको छ । 
पक्राउ परेका तामाङबाट बयान गराउने र थप अनुसन्धान गर्ने कार्य भइरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment