झापामा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु, टोलवासी शोकमा


झापा । झापाको कनकाई नगरपालिकामा दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा कनकाई १ स्थित सृजना टोल निवासी विजय भुजेलको ४ वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीकी ३ वर्षीय छोरा कुमार जोगी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीका डीएसपी रिजालका अनुसार बिहीबार बेलुका करिब ५ बजेको समयमा भुजेलको घर देखि पूर्वमा रहेको बाघे खोलामा उनीहरू पौडी खेल्न गएका थिए । दुई जनामध्ये बालिकाको निशाको घटनास्थलमै र बालक कुमारको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको उनले जानकारी दिए ।
खोलामा बालबालिका डुबेर देखेर गाउँमा थ्रोत्रा सामाग्री सङ्कलन गर्न हिडनेहरुले स्थानीयलाई खबर गरेका थिए । त्यसपछि छरछिमेकसहित इलाका प्रहरी कार्यालय सुरुङगाको टोली घटनास्थलमा पुगेका थिए ।
एकै गाउँका दुई बालबालिकाको मृत्युले कनकाई १ स्थित सृजना टोलवासी शोकमा डुबेको छ । बालबालिकाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment