बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो, ९ जना घाइते

२३ श्रावण २०८०, मंगलवार


रोल्पा ।यहाँको सहिदमार्गको तिला बजार नजिकै रिसि घुम्ती भन्ने ठाँउमा बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ४ पुगेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा ३ पुरुष र १ महिला रहेको घटनास्थलमा रहेको प्रहरीले जानकारी दिएकाे छ। उनीहरूकाे सनाखत भइसकेकाे छैन । दुर्घटनामा करिब ९ जना गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरुको उद्धार कार्य जारी रहेकाले मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीकाे भनाइ छ।
रोल्पाको बाघमारादेखि दाङकाे घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नं. को बस रोल्पाको तिला बजार नजिकै रिसि घुम्तीमा मंगलबार दिउँसो करिब १२:३० बजेको समयमा दुर्घटना भएकाे थियाे । बस सडक बाट करिब १०० मिटर तल खसेको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment