इलामको सूर्योदयमा श्रीमतीको हत्या गरि श्रीमान बेपत्ता

इलाम, २३ साउनः इलामको सूर्योदयमा श्रीमतीको हत्या गरि श्रीमान फरार भएक छन् । सूर्योदय नगरपालिका २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरिबस्ने पाँचथर फिदिम नगरपालिका वस्ने वर्ष ५० को पूर्णबहादुर तामाङले आफ्नै कान्त्री श्रीमतीको हत्या गरि फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी प्रकाश जवेगुका अनुसार गएराती करिव ५० वर्षका पूर्णबहादुरले करिव ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार घटना अगाडी श्रीमान श्रीमती बिच सामान्य झगडा भएको थियो । झगडापछि राती पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडीपट्टिको भाग (घुच्चुक) मा धारिलो हतियार बामफोकको प्रयोग गरि हत्या गरेको बताइएको छ । पूर्ण वहादुरको अहिले खोजि कार्या भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
राती करिव ९ बजे सो घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । पाँचथरको फिदिम नगरपालिका ४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमती सहित सूर्योदय नगरपालिकामा डेरा गरि बस्दै आएका थिए । घटनापछि श्रीमान फरार रहेको प्रहरीको भनाई छ । के कसरी घटना भयो भन्ने बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । हत्या गरिएकी कान्छी श्रीमती भनिए पछि जेठी श्रीमती र अन्य परिवारको बारेमा समेत खोजतलास भइरहेको बताइएको छ । कानुनी प्रक्रिया अनुसार शबको पोक्ष्माटमका लागि प्रक्रिया अगाडी बढाइएको बताइएको छ ।   
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment