झापामा पिकअपको ठक्करबाट मोटरसाइकलमा सवार लिम्बूको मृत्यु

१६ श्रावण २०८०, मंगलवार 


सुरुंगा । कनकाई नगरपालिका ४ स्थित कोटीहोममा सोमबार राति मोटरसाइकललाई एक पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना करिब राति ८ः१५ बजे भएको थियो । 
कनकाई नगरपालिका ४ कोटीहोम निवासी ३५ वर्षीय शम्भु लिम्बूको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मे ३ प ७०७९ नम्बरको मोटरसाइकलमा सवार मामा भान्जालाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको एक पिकअप भ्यानले ठक्कर दिएको थियो ।
पिकअफको ठक्करबाट घाइते लिम्बूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने पिकअपको खोजी भइरहेको प्रहरीले बताएको छ । दुर्घटनामा मोटरसाइकल चालक सागर लिम्बूको अवस्था सामान्य रहेको बताइएको छ । मृत्यु हुने चालक लिम्बूका मामा हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment