चितुवाको छालासहित २ जना पक्राउ

१९ श्रावण २०८०, शुक्रबार


कैलाली । कैलालीको धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । धनगढीको बोराडाँडी स्थित न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट एक थान चितुवाको छालासहित २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १२ का गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का बामदेव जोशी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment