३ आश्विन २०८०, बुधबार
बारा । पूर्व–पश्चिम राजमार्गमा निजगढबाट काठमाडौँतर्फ जाँदै गरेको सुमो दुर्घटना भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगजंमा सुमो दुर्घटना हुँदा ८ जना घाईते भएका हुन्।
ना १ ज ३८४७ नम्बरको सुमो अचानक ब्रेक फेल हूँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। सुमो दुर्घटनामा परि घाईते हुनेहरुमा निजगढ नगरपालिका–०८ बस्ने २० बर्षको बिकास कुमार चौधरी ,सोही ठाउँका ६४ बर्षका नेथुलाल चौधरी, ६३ बर्षकी सजिया देवी चौधरी छन् ।
यस्तै, निजगढ नगरपालिका वडा नं. ९ बस्ने १७ बर्षका आदित्य भण्डरी, ३० वर्षकी सुमित्रा पौडेल न्यौपाने र उनको छोरा ८ वर्षका सारान्स न्यौपाने घाइते भएका छन् ।
यसैगरी जितपुरसिमरा उपहानगरपालिका वडा नं. १६ पुलिवा बस्ने ३१ वर्षकी आरति तामाङ र सिन्धुली दुधौली नगरपालिका वडा नं. ०९ बस्ने ७ बर्षको किसान पोख्रेल घाईते भएका हुन् । पोख्रेलको टाउकोमा चोट लागेको छ ।
उनको गम्भीर अवस्थामा बाराको परवानीपुरमा रहेको एल।एस।न्युरो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । अन्यको शरिरको बिभिन्न भागमा चोट लागेको अवस्थामा कार्की मेडिकल अमलेखगजंमा उपचारपछी घर फर्किएका छन् ।
दुर्घटना भएको सुमो र सोका चालक निजगढ नगरपालिका वडा नं. ९ बस्ने ३७ वर्षका दिल बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

0 comments:
Post a Comment