झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको वार्ता बहिस्कार गरी शिक्षकहरुले आजदेखि देशभरका विद्यालय बन्द गरेका छन् । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गर्नासाथ शिक्षकहरूले पठनपाठन नै अवरुद्ध हुने गरी आन्दोलनमा उत्रिएका हुन् ।
विधेयकका कतिपय प्रावधानमा विरोध जनाउँदै काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरिरहेको नेपाल शिक्षक महासंघले विद्यालय बन्द गरी देशभरिका शिक्षकलाई राजधानी लगेको छ ।
सरकारी र निजी विद्यालयका शिक्षकहरूको साझा संस्था शिक्षक महासंघको आह्वानका कारण विद्यालय बन्द भएको हो । जसका कारण देशभरका करिब ३० हजार विद्यालय ठप्प भएको छ भने करिब ७० लाख बालबालिकाको पढाइ बिथोलिएको छ । बुधबारबाट आन्दोलनको कार्यक्रम घोषणा गरेपछि शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर मंगलवार दिउँसो ३ बजे वार्तामा आउन महासंघलाई अपिल गरे पनि शिक्षकहरु वार्तामा नगएका हुन्।
महासंघ अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मीकिशोर सुवेदीले विज्ञप्ति जारी गरेर आन्दोलन जारी रहने बताएका छन्। महासंघले घोषित १८ बुँदा संशोधन नभएसम्म देशैभरका करिब १ लाख १० हजार शिक्षकले राजधानी नछाड्ने चेतावनी दिएको छ।
0 comments:
Post a Comment