इलाम, १३ असोजः राष्ट्रिय फुटबल टिमका फरवार्ड नवयुग श्रेष्ठ दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा अनसोल्ड भएका छन् ।
उनी पहिलो सिजनमा पोखरा थन्डर्सका कप्तान र मार्की प्लेयर रहेका थिए । तर शनिबार भएको एनएसएलको अक्सनमा उनलाई कुनै पनि टिमले लिएनन् ।
नवयुगले राष्ट्रिय टिमका लागि ८ गोल गरेका छन् । उनले सन् २०१४ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
0 comments:
Post a Comment