- विनय तिम्सीना
यी टीमको भेट ४ वर्ष अघिको २०१९ जुन १४ मा एकदिवश्य क्रिकेटमा भेट भएको थियो त्यो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । त्यसपछिको भेट भने टी–ट्वान्टी विश्वकपमा हो त्यसमा पनि विराट कोहलीको एक्लैको प्रयासमा भारतले पाकिस्तानलाई हराएको छ ।
पाकिस्तान विरुद्ध जुसुकै खेलमा पनि लयमा देखिने कोहली पाकिस्तानको लागि यो पटक पनि टाउको दुखाईको विषय बन्न सक्छन् ।
पछिल्ला एकदिवश्यि ५ वटा खेल हेर्ने हो भने भारत ४ वटा खेलमा विजयी भएको छ भने एउटा खेलमा पाकिस्तानले जीत निकालेको छ । कागजी अंकटा हेर्दा पनि भारत वलियो देखिन्छ ।
यता विश्व रेङ्कीङको कुरा गर्ने हो भने पाकिस्तान एक नम्बरमा छ भने भारत तेस्रो नम्बरमा छ ।
पकस्तिानले लगातार जीत निकाल्दै आएको छ त र लयमा छ भन्न सकिन्छ तर पाकिस्तानले विश्व क्रिकेटका साना टीमहरु सँग जीत निकाल्दै यहाँ सम्मको यात्रा तय गरेको छ । पछिल्ला ४ खेलमा पाकिस्तनले एक खेल नेपालसँग र तीन खेल अफ्गानस्थान सँग खेलेर जीत निकालेको हो । यता भरतभने यस अघि खेलाडीहरुको रोटेसनमा लागेर धेरै खेलाडीलाई मौका दिदै एसिया कप पछि हुने विश्वकपको तयारी गरिरहेको थियो । भातको टीममा एकसे एक म्याच वुनर रहेका छन् । रोहीत शर्माको कप्तानीमा रहेको टीमको प्लेइङ निकाल्न भने मुस्किल रहेको देखिन्छ । भारतको पहिलो रोजाइका विकेटकिपर केएल राहउले पाकिस्तान र नेपालसँगको खेल गुमाएका छन् उनको विकल्पमा विष्फोटक व्याटर इशान किशन खेल्ने छन् तर उनको व्याटीङ अडर भने रोहितको टाउको दुखाई भएको छ । ओपनर किशनको लागि अपोनीङमा ठाउँ छौन उनलाई मिडल अडरमा एक्जस्ट गर्नु पर्ने वाध्यता रहेको छ । बंगलादेश सिरीजमा लगतार हारेको भारतको प्लेइङमा पर्ने वित्तीकै २१० रनको पारी खेलेर तहल्का मचाएका किशन फेरी टीममा परेनन् । यसरी उनको टीमा खेल्लने ठाउँ नभएका कारण उनलाई प्लेइङमा अटाउन भारतलाई धेरै गाह्रो भएको हो । उनले पछिल्लो समय लगातार राम्रो प्रदर्शन गरिरहेका छन् ।
भारतको लागि ओपनर रोहीत शर्मा र शुभम गील र तेस्रो नम्बरमा विराट कोहली खेल्लने लगभग तय भएको छ भने पाकिस्तानको लागि यी तिन खेलाडी खतरा हुन सक्छन् । भारतको वलिङ लाईनमा पनि जसप्रीत बुमराह, महम्मद सिराज र मोहम्मद शमी रहेका छन् उनीहरुको पेस निक्के राम्रो रहेको छ । अलराउण्डर रवीन्द्र जडेजा र हार्दिक पान्ड्या लगभग खेल्लने पक्का जस्तै हो उनीहरु पनि खतरा हुन सक्छन् । स्पिनर कुलदिप यादव पनि राम्रो लयमा देखिएका छन् ।
यता पाकिस्तानका खेलाडी भने भर्खरै नेपाल विरुद्ध शानदार प्रदर्शन गरेर आएका छन् । पाकिस्तानका कप्तान बाबर आजमले शनदार १५१ रनको पारी खेलेर आएका छन् भने आर्क व्याटर इफ्तिखार अहमद १०९रनको विस्फोटक पारी खेलेर उच्च मनोवलका साथ आएका छन् । अन्य व्याटरहरु फकर जमान, इमाम उल हक र विेटकिपर मोम्मद रिजवान पनि भारतका लागि खतरा हुन सक्छन् । पाकिस्तानको व्याटीङ भन्दा पनि वलिङ भारतको लागि घातक हुन सक्छ । पाकिस्तानी वलर हारिस रऊफ, नसीम शाह र शाहीन शाह अफ्रिदी भातका व्याट्मेनको लागि मुख्य खतरा हुन । स्पीनर शादाव खना पनि उत्तीकै घाटक वलिङ गरिरहेका छन् ।
प्लेयर टु वाच
भारतः व्याटर विराट कोहलीः भन्ने गरिन्छ पाकिस्तान विरुद्धको खेलमा विराटले एक्लै पाकिस्तालाई हराउने छन् । विगत हेर्दै हो भने पनि कोहलीले पाकिस्तान विरुछ राम्रो प्रदर्शन गरेका छन् । उनका पछिल्ला ८ खेल हेर्दा ५२ को औसतमा ३१० रन बनाएका छन् । अर्का व्याटर शुभम गील हुन उनले लगातार एक दिवश्य खेलमा भारतको लागि राम्रो गरिरहेका छन् । उनले पछिल्ला १० खेलमा ७३ को औसतमा ६५९ रन बनाएका छन् ।
बलरहरुमा कुलदिप यादवले राम्रो प्रदर्शन गरिरहेका छन् उनले पछिल्ला १० खेलमा १९ विकेट निकालेका छन् । अर्का बलर मोहम्मद सिराजले पनि ६ खेलमा १४ विकेट निकालेका छन् यी दुवैको इकोनोमी ५ भन्दा कम रहेको छ । भरताको मुख्य बलिङ हतियार भने जसप्रीत बुमराहा हुन उनी लामो इन्जुरी पछि टीममा फर्केका छन् उनले लामो समय देखि एकदिवश्य क्रिकेट खेलेका छैनन् । भर्खरै भएको आयरल्याण्ड सँगको टी–ट्वान्टी सिरीजमा उनी राम्रो प्रदर्शन गरेर आएका छन् ।
पाकिस्तनः व्याटर तथा पाकिस्तानका कप्तान बाबर आजम भारतको लागि खतरा हुन सक्छन् तर उनले यस अघि भारत विरुद्ध राम्रो प्रदर्शन गरको छैनन् । उनले पछिल्ला १० खेलमा ५४ को औसतमा ५४४ रन बनाएका छन् । अर्का व्याटर फकर जमान पनि राम्रो प्रदर्शन गरिरहेका छन् उनले पछिल्ला १० खेलमा लगभग ६० को औसतमा ५३७ रन बनमएका छन् ।
बलरको कुरा गर्ने हो भने भारत विरुद्ध पहिले पनि राम्रो प्रदर्शन गरिसकोका बलर शाहिन शाह अफ्रिदी खतरा हुन सक्छन् उनले पछिल्ला ८ खेलमा १६ विकेट निकालेका छन् । उनमा विकेट लिने कला राम्रो भए पनि रन भने धेरै दिने गरेका छन् । अर्का बलर हारिस रऊफ पनि राम्रो लयमा रहेका छन् उनले पछिल्ला ८ खेलमा १६ विकेट निकालेका छन् उनको पनि इकोनोमी भने ५ भन्दा माथि रहेको छ ।
एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदै छन ।
एसिया कपमा अफगानस्ता, बंगलादेश, पाकिस्तन, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका रहेको छ ।
भारतकाे सम्भावित प्लेङगः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, ईशान किशन(विकेटकीपर), श्रेयस अय्यर, हार्दिक पंड्या(उप–कप्तान), रवींद्र जडेजा, शार्दुल ठाकुर/ मोहम्मद शमी, कुलदीप यादव, मोहम्मद सिराज, जसप्रीत बुमराह
पाकिस्तानी प्लेइंगः बाबर आजम (कप्तान), फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, मोहम्मद रिजवान (विकेटकीपर), शादाब खान (उप–कप्तान),मोहम्मद नवाज, हारिस रऊफ, नसीम शाह, शाहीन शाह आफरीदी
भारतीय टीमः रोहित शर्मा (कप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, शुभमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, ईशान किशन(विकेटकीपर), हार्दिक पंड्या(उप–कप्तान), रवींद्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज, कुलदीप यादव, प्रसिद्ध कृष्णा,
रिजर्भ खेलाडीः संजू सैमसन
रिजर्भ खेलाडीः संजू सैमसन
0 comments:
Post a Comment