झापाको बाह्रदशीका गंगारामकाे करेन्ट लागेर मृत्यु

 २९ भाद्र २०८०, शुक्रबार


झापा, झापाको बाह्रदशी गाउँपालिका–५ का ४५ वर्षीय गंगाराम गजमेरको करेन्ट लागेर मृत्यु भएको छ। ​
अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाइते भएका गजमेरलाई उपचारको लागि बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment