काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापाले लिएको विश्वासको मत बदर गरेसँगै उनी पदमुक्त भएका हुन् ।
इजलासले अबको ४८ घण्टाभित्र संविधानको धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न पनि परमादेश दिएको छ। उक्त आदेशसँगै प्रदेशसभाको सबभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री बन्दै छन् ।
१६ साउनमा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थापाले ४ भदौ गते इस्राइल अन्सारीलाई प्रदेशसभा बैठकको अध्यक्षतासँगै विश्वासको मतकाे पक्षमा मतदान गर्न लगाएका थिए । तर, उक्त कदम असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता कार्की सर्वोच्चमा पुगेका थिए ।
उक्त मुद्दामा न्यायाधीशत्रको पूर्ण इजलासले सभाको अध्यक्षता गरेका व्यक्तिले दिएको मतलाई संविधानसम्मत भन्न नमिल्ने ठहर गर्यो । साथै, पूर्ण इजलासले पटक पटक विश्वासको मतका लागि अवसर दिन नसकिने र अर्को प्रक्रियामा जानुपर्ने आदेश पनि जारी गरेको छ।
0 comments:
Post a Comment