झापाको बुद्धशान्तिमा पानीमा डुबेर युवाको मृत्यु


झापा, २० भदाैँ  । झापाको बुद्धशान्तिमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका २ निवासी १९ वर्षीय मनोज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
बुद्धशान्ति १ स्थित कुलोमा डुबिरहेका उनलाई प्रहरीले तत्काल उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment