एसिया कपः बंगलादेश विरुद्ध पाकिस्तानको ७ विकेटको जीत


इलाम, २० भदौँः पाकिस्तनजको लाहोरमा भएको एसिया कपको सुपर फोरको पहिलो खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको छ ।  टस जितेर व्याटीङ गरेको बंगलादेश १ सय ९३ रनमा अलआउट भएको थियो । पाकिस्तानी बलरको खतारनक बलिङको अगाडी बंगलादेश ३८.४ ओभरमा अलआउट भएको हो । 
एक सय ९४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तानले ३९.३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । पाकिस्तनका लागि इमाम उल हकले सर्वाधिक ७८ रन बनाए भने मोहम्मद रिजवानले नट आउट ६३ रन बनाएका थिए । 
त्यस्तै वलिङ तर्फ वंगलादेशका तस्कीन अहमद, मेदी हसन मिराज र सोरिफुल इस्लामले समान १÷१ विकेट लिएका थिए ।
यस अघि बंगलादेशले व्याटिङमा दोस्रो ओभरको पहिलो वलमा नै विकेट गुमाएको बंलादेश लगतार दवामा रहयो । बंगलादेशका लागि मुस्फिकुर रहिमले सर्वाधिक ६४ रन बनाए । कप्तान शकिब अल हसनले ५३ रन बनाए अन्य व्याटरहरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । 
यता पाकिस्तनी वलर हरिस रौफले ४ विकेट निकाले भने नसिम शाहले ३ विकेट निकाले । 
पाकिस्तान १९४ रनको लक्ष्यका साथ मैदानमा सहज जीतका लागि उत्रने छ । शनिबार बंगलादेश श्रीलंका विचको खेल श्रीलंकाको कोलोम्बोमा हुने छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment