ताप्लेजुङ, २१ भदौँः ताप्लेजुङमा सम्पन्न भएको ताप्लेजुङ गोल्ड कपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । जुट विकास फुटबल एकेडेमी ईटहरी सुनसरीलाई १–० ले पराजित गर्दै रेडहर्ष क्लब विजयी बनेको हो ।
विजेता बनेको रेडहर्ष फुटबल क्लब इलामले गोल्डकपका साथ नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँसमेत हात पारेको छ । उपविजेता जुट विकास फुटबल एकेडेमी सुनसरीले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
मैदानको मध्यभाग भन्दा केहि अघिबाट बिशाल तामाङले गरेको फ्रि–किक प्रहारलाई हेडरमार्फत खेलको ३१ औं मिनेटमा रेडहर्षका लागि शरण बस्नेतले उत्कृष्ट गोल गरेका थिए । शरणको त्यो गोल नै रेडहर्षलाई उपाधि दिलाउन पर्याप्त बन्यो । सुनसरीले गोल फर्काउन नसक्दा पराजित हुन पुग्यो ।
0 comments:
Post a Comment