अक्सनमा अनसोल्ड रहेका नवयुग चितवन एफसीमा अनुबन्ध


इलाम, १३ असोजः  राष्ट्रिय फुटबल टिमका फरवार्ड नवयुग श्रेष्ठ दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा अनसोल्ड रहेका नवयुग श्रेष्ठलाई चितवन एफसीले १ लाख ५० हजारमै अनुबन्ध गरेको छ ।
विशाल श्रेष्ठ मार्की प्लेयर रहेको चितवनले छिरिङ गुरुङका लागि ३ लाख ५० हजार खर्चिएको छ । सुरुमा कुनै पनि टिमले बोली नलगाएका नवयुग श्रेष्ठलाई चितवनले १ लाख ५० हजारमै अनुबन्ध गरेको छ ।
अमित श्रेष्ठ, एकराज बुढाथोकी, रोहन राना मागर, उत्सव राईलाई समान १ लाख ५० हजारमा अनुबन्ध गरेको चितवनमा प्रदीप भण्डारी, राजेश परियार, बुद्ध तामाङ,, हेम तामाङ, विक्रम धिमाल, शरणविक्रम सिंह बस्नेत र पुश्कर खड्का पनि छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment