इलाम। झापाको भद्रपुर र मेचीनगरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । झापा जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा इलाम र झापा बिर्तामोडका युवा छन् । प्रहरीका अनुसार भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट ब्राउन सुगरसहित बिर्तामोड नगरपालिका ३ निवासी १९ वर्षीय अनुज राजवंशी पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प २७१५ नम्बरको मोटरसाइकलमा सवार राजवंशीलाई मेची पुलमा खटिएका सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले रोकेर चेकजाँच गरेका थिए । प्रहरीले उनको शरीर चेकजाँच गर्दा अन्डरवेयरभित्र लुकाएर ल्याएको १ ग्राम २३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी कार्यालय झापामा राखिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ स्थित मेची पुल नजिकैबाट इलाम नगरपालिका ९ गोलबस्ती निवासी १८ वर्षीय रोहण खवासलाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो । भारतबाट नेपालतर्फ आउँदै गरेको खवासलाई शंका लागी प्रहरीले चेकजाँच गर्दा मलद्वारभित्र लुकाएर ल्याएको ४ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन बरामद भएको हो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।
मलद्वार र अन्डरवेयरभित्र ब्राउनसुगर ल्याउने इलाम र बिर्तामोडका युवा पक्राउ

0 comments:
Post a Comment