एडिलेक अष्ट्रेलियाका सभामुखले इलामका दुर्गम गाँउमा सहयोग गर्ने

विमल दहाल, 


इलाम । एडिलेक अष्ट्रेलियाका सभामुख रुसेल पुल वोर्लीले इलामका दुर्गम गाँउमा सहयोग गर्ने वताएका छन्।

अष्ट्रेलियाको भ्रमणमा रहेका माई नगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष बुद्धि प्रसाद खनाल संगको दुई पक्षीय भेटघाटमा सभामुख वोर्लीले इलामका दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य, भौतिक निर्माण सहयोग लगायत भोलेन्टियर शिक्षक र डाक्टर पठाउने प्रस्ताव गरेको एडिलेक प्रान्तका नेपाली नेता दिपक घिसिङले बताए ।

एडिलेक अष्ट्रेलियाका सभामुख वोर्लीको प्रस्तावलाई नेता खनालले प्रदेश सरकार र स्थानीय सरकार संगको समन्यमा अनुमति दिइने जानकारी दिएका छन्।

समेत रहेका खनालले सभामुख वोर्लीलाई इलामको ग्रीन टी उपहार दिदै जिल्लामा उत्पादित चियालाई अन्तराष्ट्रिय बजारीकरणमा जोड दिएका थिए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment