फिदिममा रातो माटो किनबेच, यसवर्ष भाउ बढ्यो

 २८ आश्विन २०८०,


पाँचथर । दशैँ-तिहारमा घर लिप्न र सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका ४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । स्थानीय चारखम्बेको रातोमाटो दशैँ तिहारको समयमा बर्सेनि बिक्री हुने गर्दछ । विगतका वर्षहरुमा ५० देखि ६० रुपैयाँ प्रतिबोरासम्म रातोमाटो विक्री गर्दे आएका स्थानीय अहिले प्रतिबोरा ८० रुपैयाँदेखि एक सय रुपैयाँसम्म रातो माटो बिक्री गर्न पाउँदा उत्साहित बनेका हुन् । फिदिमसँगै छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापासम्म रातो माटो लैजाने गरेको स्थानीय नरेन्द्र सुब्बाले बताए । उनीहरुले वार्षिक प्रतिपरिवार दुईदेखि पाँच लाख रुपैयाँसम्मको रातो माटो बिक्री गर्ने गरेको दाबी गरिएको छ । विभिन्न ठाँउबाट एक महिना अघिदेखि नै माटो किन्नेहरु यहाँ आउने गर्दछन् । अरु ठाँउमा पाइने रातोमाटोभन्दा यहाँ पाइने माटो चम्किलो हुने भएकाले यहाँको रातोमाटोको धेरैको रोजाइमा पर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment