इलाममा छिरिङ शेर्पाकाे अध्यक्षतामा यातायात मज्दुर संगठन


इलाम, १४ असोजः इलाममा  यातायात मज्दुरको हकहित संरक्षणको लागि  मज्दुर संगठन गठन भएको छ । छिरिङ शेर्पाको अध्यक्षतामा गठित पूर्बि स्वतन्त्र यातायात मज्दुर संगठन नाम गरेको संस्था विधिगत रुपमा जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता गरेर सञ्चालनमा ल्याएको हो । संगठनमा उपाध्यक्षमा गणेश खड्का, सचिवमा सन्तोष दुलाल (टिका प्रसाद) कोषाध्यक्षमा प्रकाश तामाङ रहेका छन् भने सदस्यहरुमा रुपेन थापा, इन्द्र श्रेष्ठ, सुरेन्द्र कुमार खुलाल रहेका छन् । 

यातायत मज्दुरको क्षमता अभिवृद्धि, पर्यटनमैत्री व्यवहार र यत्रुहरुसंगको व्यवहारमा सकारात्मक परिर्वतन ल्याउनको लागि विभिन्न कार्याक्रम गरेर यतायात मज्दुरहरुको हकहितमा संस्था लागिपर्ने अध्यक्ष छिरिङ शेर्पाले माइपोखरी न्युजलाई जानकारी गराए । 

संस्थाले यत्रुहरुको गुनासो सुनेर यात्रुमैत्री व्यावहारमा समेत ध्यान दिनको लागि यातायात व्यवसायी तथा यातायात मज्दुरहरुलाई विभिन्न तालिम सभा समेत गर्ने उनले जानाएका छन् । साथै संस्थाले यातायात मज्दुरको हकहित र सहयोगको लागि कोष समेत स्थापना गर्ने शेर्पाले जानकारी गराए ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment