- गोबिन्द पौडेल
इलाम, २३ असोजः रोङ गाउपालिका भित्र रहेको सामुदायिक वनहरुलाइ ब्यवस्थित गर्ने कार्ययोजना गाउँपालिकाले ल्याएको छ
यसको लागि गाउपालिकाले पालिका भित्र रहेका सबै उनतीस वटा सामाुदायिक वन उपभोक्ता समिति र रोङ गाउपालिका बिच भएको २०८०असोज १९ गते संयुक्त बैठक बसी साझा कार्यक्रम ल्याएको छ ।
गउपालिकाले आफ्नो क्षेत्र भित्र रहेका सामुदायीक बन उपभोक्त समितिको आम्दामी पूर्वाधार क्षेत्रमा लगानी गर्न नपाइने ,सामुदायीक वनहरुले श्रोत अभाव र ऋणमा निमार्ण गरि थप दायित्व सृजना नगर्ने , सामुदायिक वनको लेखा प्रणाली एकरुपताको लागिसफ्टबेयर मार्फत गर्ने सफ्टवेयर निमार्णको लागि गाउपालिकाले सहयोग गर्ने ,निस्किृय वनहरुलाइ सक्रिय बनाउन गाउपालिका र सक्रिय वन उपभोक्ता समितिहरु लाग्ने सामुदायिक वनवाट आर्जित आम्दामी वनजंगल पिडित किसानहरुलाइ लक्षित समुह केन्द्रित भएर कार्यन्वयन गर्ने ,रोङको सामुदायिक बिद्यालयहरुको लागि छात्रबृत्ति बितरणलाइ एकरुपता बनाउन गाउपालिकाको वास्केट फन्टमा रकम जम्मा गर्ने ।सामाजिक बिकास क्षेत्रमा गाउपालिकासगको साझेदारीमा सबै सामुखायिक बिद्यालयहरुमा फर्निचर ब्यवस्थापन गर्ने ,गरिबि निवारण कार्यलाइ बितरण मुखी कार्यलाइ निरुत्साहित गर्दै आयआर्जन र रोजगारी सृजनाको क्षेत्रमा लगानी गरिने बनलाइ संभब्यताको आधारमा आम्दामी युक्त बनस्पतीहरु सुपारी वास, जडिबुटि हर्रो बर्रो अमला जस्ता बिरुवाको लागि आवश्यक प्रकृयामा जाने र यस कार्यलाइ गाउपालिकाले समेत सहयोग गर्ने ,पाथीभरा मन्दिरको बिकासमा सबै वनले सहयोग गर्ने जस्ता गाउपालिकाको हितकारी निर्णयहरु ग्रिएको रोङ गाउपालिकाको अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए ।
तराइसग पसिमाना जोडीएको रोङ गाउपालिका भित्र उतिस वटा सामुदायिक वनहरु रहेका छन् जसमध्ये १८ वटा सक्रिय रुपमा रहेका छन् भने ११ वटा निस्कृय रुपमा रहेका छन् ।जसमा गाउपालिकाको वडा नम्बर १ मा पाचवटा, वडा नम्बर २ र ४ मा दुइ दुइ ,वडा नम्बर ३ मा तीन, वडा नम्बर ५ र ६ मा आठ आठवटा रहेका छन् ।जसमध्ये सृजना सामुदायिक वन आठ सय अठार दशमलव सात एक र नमुना सामुदायिक बन सात खशमलव दुइएक हेक्टरमा रहेको छ । मसला, खयर ,गोब्रेसल्ला,खमारी सिसौ साल जस्ता मुल्यवान बृक्षहरु र पहिचान भएका सत्ताइुस प्रजातीका जडिबुटीहरु समेत रोङका वनहरुमा पाइने गरेको छ ।
रोङका सामुदायिक बन उपभोक्त समितिहरुको दशवटा कच्ची, ८ वटा अर्ध पक्कि, १४ वटाका कम्पाउण्ड छुट्छै कार्यकक्ष,समितिकक्ष काठदाउराको घाट रहेको छ भने दृइवटा सामसदायिक बनहरुले कृषिवन नमुना प्रर्दशनी,चारवटा वनसमितिले आफ्नो परिसरमा वनस्पती नर्सरी समेत गरेको छ ।
गउपालिकाले सामुदायिक बनहरुको ब्यवस्थापनमा लागेपछि चोरी तस्करी रोकिएर बार्षिक साठी देखी सत्तरी लाखसम्मको आनतरिक आय बढाउन सकिने बिश्वास लिएको छ । गाउपालिका भित्रको वनवाट धेरै फाइदा गाउपालिका बाहिरको नागरिकहरुले लिएको ब्यापक गुनासो आइरहेको बेलामा गाउपालिकाले लिएको कदम सकरात्मक रहेको आम नागरिकहरुको प्रतिकृया रहेको छ ।
0 comments:
Post a Comment