कञ्चनजंघालाई हराउँदै बिएसके फाइनल प्रवेश


मानेभञ्ज्याङ (भारत) । बिएसके जलपाइगुडी सातौ मानेभञ्ज्याङ गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७–२ गोल अन्तरको फराकिलो जितका साथ जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको हो । खेलको सुरुवातबाट दबाब बनाएको जलपाइगुडीले ५ औ मिनेटमा अग्रता बनाउन सफल रहयो । करण राईले जलपाइगुडीका लागि फ्रिकिक मार्फत पहिलो गोल गरे ।
१९ औ मिनेटमा सिलिगुडीले खेल बराबरी गर्न सफल रहयो । १९ औ मिनेटमा अनिश राईले फ्रिकिक मार्फत गोल गरेका थिए । २३ औ मिनेटमा करणले व्यक्तिगत दोश्रो गोल गरे । २६ औ मिनेटमा पेनाल्टी मार्फत खेल बराबरी गर्न अवसरलाई अनिश राईले खेर फाले । स्टेफेनले डिबक्सभित्र लडाएपछि पाएको अवसर बारमा लागेर फर्किएको थियो ।  
दोश्रो हाफको सुरुवातमै सिलिगुडीका अविशेक लिम्बु रातो कार्ड खाँदै मैदान बाहिरिएको फाइदा उठाएर जलपाइगुडीले थप ५ गोल गर्न सफल रहयो । दोश्रो हाफको २ मिनेट नवित्दै स्टेफेन समिर माथि फाउल गरेपछि उनले कार्ड पाएका थिए । लगतै करण राईले फ्रिकिकमा गोल गर्दै ह्रयाट्रिक पुरा गरे । ४५ औ मिनेटमा करणको प्रहारमा गोलरक्षकबाट रिबाउन्ड भएर आएको बललाई स्टेफेनले जाली चुमाउँदै गोल अन्तर ४–१ बनाए ।
४९ औ मिनेटमा प्रतिक लामाको क्रसलाई सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जुनियरले गोल गरे । ५६ औ मिनेटमा अनिश राईको पासलाई राम राईले जाली चुमाउँदै गोल अन्तर ५–२ मा झारे । ६१ औ मिनेटमा स्टेफेनको क्रस पासमा गोलरक्षकलाई नघाउँदै जुनियरले व्यक्तिगत दोश्रो गोल गरे । इन्जुरी समयमा स्टेफेनले गोल गरेपछि ७–२ गोल अन्तरको साथ जलपाइगुडी फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच जलपाइगुडीका करण राई घोषित भए । प्रतियोगिताको दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी र टेरिटोरियल आर्मी बिच हुनेछ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment