चिर्पटले हानेर श्रीमतीको हत्या

२०८० कार्तिक १० गते , शुक्रबार


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् । हिजो बेलुकी ५ बजेतिर ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेर हत्या गरेका हुन् । 
उनीहरूबीच झगडा हुँदा चिर्पटले हानेर शेर्पाले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment