झापामा एक महिला चोरीको सामानसहित पक्राउ


झापाको कनकाईमा एक महिला चोरीको सामानसहित पक्राउ परेकी छिन् । कनकाई नगरपालिका-१ जामुनबारीमा स्थानीय सुलोचना ओलीको घरबाट लक्ष्मी पूजा पुजेको गाग्रो र कनकाई नगरपालिका ७ कालीमोडाका गङ्गा प्रसाद पाठकको मोबाइल चोरी भएको थियो । 

सामान चोरी भएको थाहा पाउन साथ पाठकले चोरलाई पछ्याएर सामान्य धुलाई दिई आफ्नो मोबाइल हात पारेका छन् । स्थानीय सुलोचना ओलीका अनुसार चोरी गर्ने महिला अन्दाजी ४० वर्षको रहेको र उक्त महिलाहरूको चोरी ग्याङ समेत हुन सक्ने बताइएको छ। चोरीमा संलग्न महिलालाई चोरी गरिएको गाग्रो सहित इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment