मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

२०८० मंसिर ४ गते 


४ मंसिर, धनगढी । कञ्चनपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तरगत भासीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिदा भीमदत्त नगरपालिका–९ बस्ने ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनले चलाएको सुपप्र ०२००४१ प २७०० नम्बरको स्कुटरलाई म २ प ७४५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्कुटर पछाडि सवार कार्कीकी श्रीमती लक्ष्मी घाइते भएकी छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
स्कुटरलाई ठक्कर दिएपछि फरार भएका मोटरसाइकल चालक कञ्चनपुरकै वेदकोट नगरपालिका–१० बस्ने २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment