मंसिर ४, २०८०
बुटवल — रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहकार माधवलाल देवकोटा र तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने यादा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटालाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ट्रकले ठक्कर दिएको रुपन्देही प्रहरीले बताएको छ ।
लु ४९ प २२३० नम्बरको मोटरसाइकलमा सवार देवकोटा तिलोत्तमा उद्योग वाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाने क्रममा देवकोटालाई ना ६ ख ८१६१ ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट उनीसहित दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
ट्रकको ठक्करले सडकमा पछारिएका दुवैलाई स्थानीयको सहयोगमा क्रिमसन अस्पताल लगिएको थियो । मृतकहरू दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।
मृतक देवकोटा तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक थिए ।

0 comments:
Post a Comment