झापा कचनकवलका हरि तामाङले गरे आफ्नै घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या

२०८० मंसीर ४ गते , सोमबार


झापाको कचनकवल गाउँपालिका–७ बैगुनवारि घर भएका ४१ वर्षीय हरि तामाङले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्।
स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए । गए राति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्किएका थिए । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । 
छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठिक थिएन । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment