काँकडभिट्टामा भारु ३ लाख २० हजारसहित एकजना पक्राउ

 २३ कार्तिक 


झापा । झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत ठानाचौक केबुल टोल बस्ने ६२ वर्षीय जैनुल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजनाअनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार मेचीनगर ६ स्थित भन्सार गेटबाट पक्राउ गरेको हो । 
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीमाथि शंका लागेर प्रहरीले चेकजाँच गर्दा भारतीय रकम ५ सय दरको नोट ५ सय थान, २ सय दरको नोट २ सय थान र १ सय दरको नोट ३ सय थान गरी जम्मा ३ लाख २० हजार रुपैयाँ फेला परेको थियो । पक्राउ परेका उनलाई रकमसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment