बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा झापामा एक जनाको मृत्यु

२०८० कार्तिक २८ गते , मंगलबार


झापाको लक्ष्मीपुर– घैलाडुब्बा सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश २–०३–०१५ प ४०७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कनकाई नगरपालिका ९ घैलाडुब्बा बस्ने करिब ४० वर्षीय सञ्जय शाह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment