कनकाई नगरपालिकामा बिजुलीको ट्रान्सफर्मर चोरी

 २८ कार्तिक २०८०, मंगलवार 


झापा । झापाको कनकाई नगरपालिकामा बिजुलीको ट्रान्सफर्मर चोरी भएको छ ।
कनकाई – ५ को चप्रामारी भगवती स्कुल पूर्वपट्टि रहेको बिजुलीको ट्रान्सफर्मर चोरी भएको प्रहरीले जनाएको छ । एक सय केभीको सो ट्रान्सफर्मरबाट स्थानीय किसानले सिँचाइ गर्दै आएका थिए । सिँचाइका लागि दिइएको सय केभीको ट्रान्सफर्मर चोरी भएको विद्युत् प्राधिकरण अनार मनि वितरण केन्द्रका इन्जिनियर विभव पौडेलले बताए ।
उनले पहिलो पटक ट्रान्सफर्मर चोरी भएको जानकारी दिए । सो ट्रान्सफर्मरको मूल्य करिब ७ लाख रुपैयाँ पर्ने जनाइएको छ ।
त्यस क्षेत्रमा विगत केही समय अगाडिदेखि मोटरहरू हराउँदै आएको स्थानीयले बताएका छन् । घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment