दोस्रो इलाम नगरपालिका वडा स्तरीय पुरुष नकआउट भलिवल प्रतियोगिताको उपाधि इलाम ५ लाई


इलाम, २८ कार्तिकः इलाम नगरपालिका १ साँखेजुङमा भएको दोस्रो इलाम नगरपालिका वडा स्तरीय पुरुष नकआउट भलिवल प्रतियोगिताको उपाधि इलाम नरपालिका ५ ले जीतेको छ ।

सोमबार भएको इलाम नगरपालिका १ साँखेजुङमा रहेको नेपालटार माध्यामिक विद्यालयको खेलमैदानमा भएको खेलमा इलाम नगरपालिका ३ लाई लगातार ३ सेटमा हराउँदै वडा नम्बर ५ ले उपाधि हात पारेको हो । 
इलाम नगरपालिका वडा नम्बर १ साँखेजुङले आयोजना गरेको दोस्रो इलाम नगरपालिका वडा स्तरीय पुरुष नकआउट भलिवल प्रतियोगिताको विजयिले नगद रु तीस हजार एक सय साथमा ट्रफी, मेडल र प्रमाण पत्र  पाएका छन्  भने उपविजेताले  नगद रु वीस हजार एक सय साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन् । 
प्रतियोगितामा सर्वोत्कृट खेलाडी इलाम ५ का दिपक खत्री, उत्कृट स्पाइकर इलाम ३ का दिपक खत्री, उत्कृट लिफ्टर इलाम ५ का  टंक ढुंगना र उत्कृट सर्भर इलाम १ का दिनेश इजम भएका छन् ।
साधै आयोजकले सोमबारनै तीहारको अवसरमा अन्य विभिद कार्यक्रम समेत आयोजना गरेको जानकारी गराएको छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment