झापाको भद्रपुरमा कुटपिट गरी श्रीमतीको हत्या, त्यसपछि श्रीमानले गरे सुसाइड नोट लेखेर आत्महत्या

२०८० मंसीर ७ गते , विहीबार


भद्रपुर ।  श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि श्रीमानले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।  झापाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ चमेली बस्ती निवासी ३६ वर्षीय सुभाष लिम्बुले आफ्नै श्रीमती ३५ वर्षीया जुनिता लिम्बुलाई कुटपिट गरी हत्या गरेका छन् । 
श्रीमतीको हत्यापछि सुभाषले श्रीमतीको फोटो र सुसाइड नोट लेखेर घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको  जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटना आज ९बिहीबार० बिहानको हो । श्रीमतीको फोटो र सुसाइड नोट सुभाष झुन्डिएकै ठाउँमा फेला परेको छ । 
स्थानीयले आज बिहान सुभाष रुखमा झुन्डिएको देखेपछि तत्काल सीमा प्रहरी चौकी पृथ्वीनगरलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुग्दा सुभाषसँगै उनको श्रीमती जुनिता घरभित्र मृत अवस्थामा फेला परेको डीएसपी रिजालले बताए । 
घटनाको प्रारम्भिक प्रहरी अनुसन्धान अनुसार श्रीमान्-श्रीमतीबीच गएराति घरायसी झगडासँगै कुटपिट समेत भएको थियो । सुभाषको दाजुले गएराति १२ बजेसम्म उनीहरूको झगडा मिलाएर घर फर्किएका थिए । 
'त्यसपछि पुनः उनीहरुबीच झगडा भएको रहेछ,' डीएसपी रिजालले भने, ‘झगडाकै निहुँमा श्रीमानले आवेश आएर श्रीमतीको हत्या गरेको देखिन्छ ।’ श्रीमानको कुटपिटबाटै श्रीमतीको मृत्यु भएको उनको भनाई छ । उनीहरूको तीन जना छोराछोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीसहितको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइसकेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment