झापामा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते, आइसियुमा उपचार हुँदै

२०८० कार्तिक १९ गते , आईतबार


झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । मेचीनगर– २ का गोपाल रिजाललाई आज बिहान मर्निङ वाक गर्ने क्रममा हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको मेचीनगर वडा नम्बर २ का वडा अध्यक्ष दीपक बरालले जानकारी दिए ।
स्थानीय रानागाउँ चोकमा ४२ वर्षीय रिजालमाथि हात्तीले आक्रमण गर्दा उनको ७ वटा करङ भाँचिनुका साथै फोक्सोमा पानी जमेको चिकित्सकहरूले बताएका छन् । उनको बीएण्डसी अस्पतालको आइसियुमा उपचार भइरहेको वडाध्यक्ष बरालले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment