चार महिनामा १ अर्ब ३८ करोडको चिया निर्यात

 


काठमाडौँ । नेपालले चार महिनामा १ अर्ब ३८ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा कूल १ अर्ब ३८ करोड ५२ लाख ७९ हजार रुपैयाँ बराबरको ५ हजार ७१८ टन चिया निर्यात भएको हो । 


छिमेकी मुलुक भारत र चीनसँगै तेस्रो मुलुक अमेरिका, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, नेदरल्याण्ड, रसिया लगायतका देशहरुमा  ब्ल्याक टी ( कालो चिया) निर्यात भएको भन्सार विभागले जनाएको छ । 
यसका साथै, यी मुलुकहरुमा ग्रीन टी  (हरियो चिया) र कफीको समेत राम्रो माग रहेको विभागले जनाएको छ ।
यसअवधिमा १० करोड ६५ लाख १९ हजार रुपैयाँ बराबरको ग्रीन टी निर्यात भएकोमा १ करोड ५५ लाख ३६ हजार रुपैयाँ बराबरको कफी निर्यात भएको विभागले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment