इलामबाट वनभोजका लागि हिँडेको बस दुर्घटना, ६ जना घाइते

२०८० मंसीर १६ गते , शनिबार


इलामको माई नगरपालिका–४ स्थित गरुवा आधारभूत विद्यालयबाट धनकुटाको नमस्ते झरनामा वनभोज गएको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । 

आज बिहान १० बजेर १० मिनेटमा कोशी राजमार्गअन्तर्गत धनकुटाको साँघुरीगढी गाउँपालिका-१ स्थित कोलबोटे भन्ने ठाउँमा मे १ ख ३३८० नं को बस राजमार्गबाट भित्तामा ठोेक्किएर दुर्घटना भएको धनकुटाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ भने पाँच जना सामान्य घाइते छन् । घाइते हुनेहरुमा माई नगरपालिका ४ बस्ने ३३ वर्षीया शान्ता लिम्बू , सोही ठाउँका४९ वर्षीया पवित्रा राई , १३ वर्षीया सीमा राई , ५७ वर्षीय रामबहादुर मगर , १६ वर्षीया नविका मगर र १६ वर्षीया निश्मा सारु मगर रहेका छन् ।

घाइतेमध्ये शान्ता लिम्बूको टाउकोमा चोट लागेको र अन्यको अबस्था सामान्य रहेको भेडेटार प्रहरी चौकीले जनाएको छ । स्थानीय भेडेटारमा उपचार गरी उनीहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जनाइएको छ । बस नमस्ते झरनामा वनभोजका लागि जाँदै गरेको थियो।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment