२०८० पौष ७ गते , शनिबार
झापा । भद्रपुरमा आगलागी हुँदा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । भद्रपुर नगरपालिका- ८ स्थित मेची क्याम्पस नजिकै बस्ने चूडामणि उप्रेतीको घरको माथिल्लो तलमा शनिबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उप्रेतीले घरको माथिल्लो तलामा पानीको ट्याङ्की राख्नलाई फलामको रड वेल्डीङ गर्ने क्रममा आगोको झिल्को लागेर निर्माणाधीन प्यानलको फर्मबाट बनेको दुई वटा कोठा जलेर नष्ट भएको छ ।
घरमा लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आधा घण्टाभित्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै भद्रपुर ६ स्थित खुश्वु टी स्टेट नजिकै खेतमा रहेको परालमा समेत आगलागी भएको छ । शनिबार दिउँसो १ बजेबाट लागेको आगो भद्रपुर र मेचीनगरको दमकलले नियन्त्रण लिएको जनाइएको छ ।
0 comments:
Post a Comment