विराटनगर, पुस १
सुनसरीको धरानमा यातायात बन्द गराउँदै हिँडेको अभियोगमा प्रहरीले आइतबार बिहानै दुई जनालाई पक्राउ गरेको छ।
नेकपा एमालेको संकल्प यात्रा प्रभावित गर्ने लक्ष्यसहित प्रदेश नं १ पुनः नामाकंन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेशभर यातायात बन्द आह्वान गरेको छ।
शनिबार सुनसरी र झापाबाट नौ जना बन्दकर्ता पक्राउ गरेको प्रहरीले आज धरानबाट दुई जनालाई पक्राउ गरेको हो।
संयुक्त संघर्ष समितिले दिएको जानकारी अनुसार किरात याक्थुङ चुम्लुङकी केन्द्रीय सल्लाहकार चन्द्रमाया लिम्बु र जिल्ला सचिव शिव सुब्बा इस्वोलाई धरानको भानुचोकबाट पक्राउ गर्एिको छ।
यातायात बन्दको दोस्रो दिन आज बिहानैदेखि बन्दकारीहरु धरान, मोरङको पथरी खण्ड र पहाडी क्षेत्रका सडकमा बन्द गराउन निस्केका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संकल्प यात्राको टोली आज पाँचथरको चिवाभन्ज्याङ पुगेर यात्रा समापन गर्दैछ।
सोही यात्रा बिथोल्न कोशीमा आन्दोलनकारीले गएको मंगलबार बन्द आह्वान गरेका थिए। त्यो दिन पूर्व मन्त्री गोपाल किरातीसहित ३५ जनालाई पक्राउ गरेको प्रहरीले हिजो र आजगरी थप ११ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका सबैलाई बिनाशर्त रिहाइको माग गर्दै आन्दोलनकारीले यातायात बन्दको आह्वान गरेका हुन्।
![]() |
| फाइल तस्बिर |

0 comments:
Post a Comment