३६औँ विश्व एड्स दिवसः इलाममा सवारी चालकसंग अन्तरक्रिया तथा स्वास्थ्य परिक्षण

 १५ मंसिर २०८०, शुक्रबार 


इलामः  आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।
इलाममा पनि आम्दा नेपाल र लभकुश आश्रम इलामको आयोजनामा विभिद कार्यक्रमहरु भई रहेका छन् । इलाम नगरपालिका, स्वास्थ्य कार्यलय इलाम, इलाम अस्पताल र परिवार नियोजन संघ इलामको सम्वन्वयमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण एचआइभी एड्स सम्वन्धि जानकारी गराईएको थियो । सोही क्रममा सवारी चालकको आँखा जाँच तथा एचआइभी परिक्षण समेत गरिएको थियो । कर्याक्रमको प्रमुख अतिथिमा इलाम नरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ रहेका थिए । 
कर्यक्रम शुक्रबार दिनभरी सञ्चालन गरिने र साँझमा इलाम चौक बजारमा दिप प्रज्वलन गरिने साथै शनिबार होटल व्यवसायिहरुलाई एचआइभी एड्स सम्वन्धी चेतनामुलक कार्यक्रम रहेको समेत आयोजकले जानकारी गराएको छ । 
सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् ।
केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment