मेचीनगरमा जङ्गली हात्तीले घरको सटर भत्कायो

झापा
२०८० पौष ६ गते , शुक्रबार

झापा । मेचीनगरमा जङ्गली हात्तीले घरको सटर भत्काएको छ । बिहीबार मध्यरातमा एउटा हात्तीले मेचीनगर नगरपालिका-३ स्थित बडारखाल टोल निवासी धनमाया तामाङको एक तले पक्की घरको सटर र झ्यालको सिसा भत्काएको प्रहरीले जनाएको छ ।
हात्तीले  सटर र झ्यालको सिसा भत्काउँदा १० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोस्ट भृकुटीका प्रहरी वरिष्ठ हवल्दार बाबुराम चौधरी नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा हात्ती धपाएका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment