इलाम १६ मंसिरः पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३ मा काठको गोलिया बोक्ने क्रममा गोलियाले किचेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो खोला छेउमा रहेको उतिसको गोलिया बोक्ने क्रममा सोही गोलियाले किचेर स्थानीय २४ वर्षीय विश्व राजा चेम्जोङको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना बारे खबर पाएसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणको लागी जिल्ला अस्पताल पठाएको थियो ।
0 comments:
Post a Comment