१५ मंसिर २०८०, शुक्रबार
झापा । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ३ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्थानीय ४० बर्षिय धनबहादुर बनको हात्तीले कुल्चदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्ढीराज गिरीले जानकारी दिए ।
मायालु सामुदायिक बनमा चौकीदारसमेत रहेका बनलाई शुक्रबार ९आज० बिहान ९ बजे हात्तीले लखेटी लखेटी कुल्चिएको स्थानीयले बताएका छन् ।
चारकोशे सामुदायिक बनमा जंगली हात्ती बस्ने गरेको र आहारको खोजीमा बस्ती पस्दा हात्तीले उपद्रो मच्चाउने गरेको छ । सामुदायिक बनमा बिद्युतीय तारबार गरेपनि हात्तीले बिद्युतीय तारलाई समेत चुट्याएर बस्ती पस्ने गरेको स्थानीयको भनाई छ ।
यसअघि पनि सो क्षेत्रमा जंगली हात्तीले मानवीय क्षति पु¥याउनका साथै घर भत्काउने र अन्नबाली खाने गरेको छ ।

0 comments:
Post a Comment