झापाको सुरुङ्गामा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८० पौष ३ गते , मंगलबार


झापाको सुरुङ्गामा स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । सोमबार साँझ ७:१५ बजेतिर कोटीहोम क्षेत्रमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१३ प ३९६६ नम्बर स्कुटरको ठक्करबाट पैदल यात्री कनकाई नगरपालिका-४ बस्ने ६५ वर्षीय कर्णबहादुर रायको मृत्यु भएको हो । घाइते रायलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक मेचीनगर-९ निवासी ५३ वर्षीय राजु गुरुङ र पछाडि सवार उनकी श्रीमती ५१ वर्षीया तुलसा गुरुङ घाइते भएका छन् । घाइते गुरुङ दम्पत्तिको बीएण्डसी अस्पतालमा उपचार भइरहेको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment